SHARE
अन्नपूर्ण · सोमबार २४ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयले भन्यो : चौबिसै घण्टा देउसी–भैलो खेल्न दिनू

काठमाडौं : गृह मन्त्रालयले सुरक्षित, मर्यादित तथा सुव्यवस्थित रूपमा चौबिसै घण्टा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।  सोमबार भएको सचिवस्तरीय निर्णय अनुसार नेपालीहरूको मौलिक, सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा रहेको देउसी–भैलो आवश्यक सुरक्षा अपनाएर चौबिसै घण्टा सञ्चालन गर्न दिइने भएको हो।