SHARE
अन्नपूर्ण · सोमबार २४ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

मोरङमा अटो दुर्घटना, ६ जना घाइते

विराटनगर : मोरङको मिक्लाजुङमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परेर ६५ वर्षीया महिला गम्भीर घाइते भएकी छन्। मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलमा सोमबार दिउँसो भएको दुर्घटनामा अटो सडकबाट अनियन्त्रित हुँदै दुईवटा घरमा ठोक्किएको थियो। मधुमल्ला–टाँडी सडकखण्डमा दिउँसो साढे ३ बजेतिर प्रदेश १–०२–००३ ह ६५७ नम्बरको अटो दुर्घटनामा परेको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।