अमेरिकी निर्वाचनको मतगणना जारी : डेमोक्र्याटले दुवै सदनमा उल्लेख्य सफलता हात पारेको प्रक्षेपण
काठमाण्डु – डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) मा उल्लेख्य सफलता हात पारेको प्रक्षेपण गरिएको छ। ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा उनलाई नियन्त्रणमा राख्न आवश्यक सङ्ख्या आफूहरूसँग पुग्ने अपेक्षा उक्त दलभित्र बढ्दै गएको छ।