कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको जिद्दीले एमालेमा नयाँ शक्ति संघर्ष
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाएर तिलकुमार मेयाङ्बोको नयाँ नेतृत्व स्थापित गर्न थालेको प्रयासले पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ। कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास भइरहेका बेला केन्द्रमा पूर्वराष्ट्रपति विद्या भण्डारी र महासचिव शंकर पोखरेलबीचको राजनीतिक निकटता बढ्दै गएको दाबी स्रोतले गरेको छ।