SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

धरानबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा लोड गरिएको दुई क्विन्टल ९ किलो ४२० ग्राम गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।