अमेरिकी मध्यावधि चुनावमा ट्रम्पलाई धक्का लाग्ने सम्भावना, सर्वेक्षणमा देखियो डेमोक्रेटको अग्रता
वासिङ्टन । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ ।