सुन र चाँदीको मूल्य उल्लेख्यरुपमा गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज उल्लेख्यरुमा घटेको छ । आज आइतबार (कात्तिक १५) एकैदिन सुन तोलामा आठ हजार ३०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।