SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

न्याय क्षेत्रका विवाद संसद्‌मा उठाउने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्‌मा उठाउने तयारी गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो।