SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।