पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार
एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए ।