SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गरेर दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी परिचालनको घटनाबारे छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।