SHARE
लोक पथ · शनिबार १५ कात्िक २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात भएको हो । हिमपातका कारण चिसो बढ्नुका साथै केही स्थानमा सडक तथा पदमार्ग अवरुद्ध भएका छन् ।