SHARE
पर्दाफास · शनिबार १५ कात्िक २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

डोल्पाको शे–फोक्सुण्डोमा हिमपात, नाङखोङ आसपास एक फिट हिउँ जम्यो

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो । स्थानीयका अनुसार हिजो राति करिब ९–१० बजेदेखि सुरु भएको हिमपात आज बिहानसम्म जारी रहेको छ । आज बिहान ९ बजेसम्म उक्त क्षेत्रमा करिब एक फिट हिउँ जमिसकेको छ ।