बारामा ट्यांकर,हाइस र मोटरसाइकल ठोक्किए, १० जना घाइते
काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ हेटौँडा–पथलैया सडकखण्डस्थित नेपाल आयल निगमको डिपो नजिक तीनवटा सवारी साधन ठोक्किदा १० जना घाइते भएका छन्। डिजेल बोकेको ट्यांकर,हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।