एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड प्रदान
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुरको चौदण्डीगढी–४, बसाहास्थित जाल्पा जन माध्यमिक विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ।विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ।