आईजीपीका बारेमा आएका समाचारप्रति बोल्यो प्रहरी, भ्रम फैलाउनेलाई कारबाहीको चेतावनी
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि 'राजीनामाको दबाब बढेको' भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। आईजीपी कार्कीको सचिवालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।