छ बुँदे माग राखेर डा. गोविन्द केसीले इलाममा सुरू गरे २५औं सत्याग्रह
इलाम : वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पूर्वी पहाडी जिल्ला इलामलाई पुनः सत्याग्रह स्थल बनाउँदै आफ्नो २५औँ आमरण अनशन सुरु गरेका छन्। पूर्वघोषित अल्टिमेटमको समयावधिभित्र सरकारले आफ्ना मागहरूप्रति गम्भीरता नदेखाएपछि उनले बिहीबार साँझ ५ बजेदेखि अनशन सुरु गरेका हुन्।