अबको तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न स्थानीय प्रशासनको आग्रह
गोरखा : जिल्ला प्रशासन कार्यालय गोरखाले आउँदो तीन दिनसम्म मनास्लु क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। बिहीबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै पदयात्रा नगर्न आग्रह गरेको हो।साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्थानीय बासिन्दाहरूलाई पनि आग्रह गरिएको छ।