कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्ने नेपालको तयारी
काठमाडौं : नेपालले कोप–३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने भएको छ।बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कोप–३१ मा नेपाल र भुटानले संयुक्त रूपमा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने जानकारी दिइन्। यसले जलवायु न्यायको लडाइँमा पर्वतीय क्षेत्रको आवाजलाई अझ बलियो बनाउने उनको भनाइ छ।