मुगुको जामबजारमा आगलागी, दुई पसल जलेर नष्ट
मुगु : मुगुको खत्याड गाउँपालिका–२ स्थित जामबजारमा आगलागी हुँदा दुईवटा पसल जलेर नष्ट भएका छन्। बिहीबार राति १२ बजेर ५ मिनेट जाँदा स्थानीय ४० वर्षीय विष्णु संज्यालको किराना पसल र ३७ वर्षीय अन्नाम दमाईको कपडा सिलाइ गर्ने टेलरिङ पसलमा आगलागी भएको हो।जस्ता र काठले निर्माण गरिएका पसलमा अचानक आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।