SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो। उक्त घर कर्जा योजनाअन्तर्गत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन्।