कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्र्सी, ट्रफी ब्रान्ड एन्थम सार्वजनिक
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक गर्ने कार्यक्रम कार्तिक ११ गते भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो।