SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

अर्नब चक्रवातको प्रभावले नेपालमा शनिबारसम्म वर्षाको सम्भावना कायमै

काठमाडौं : अर्नब चक्रवातको प्रभावले बिहिबारदेखि शनिबारसम्म नेपालमा वर्षाको सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। बंगालको खाडीमा विकसित अर्नब चक्रवात भारतको जमिनमा प्रवेश गरेपछि करिब ७ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ अघि बढिरहेको पोखरेलले बताएका छन्। जमिनमाथि रहँदा यसको शक्ति क्रमशः कमजोर हुँदै जाने र अहिलेको पूर्वानुमानले नेपालमा केही कम वर्षा हुने संकेत दिएको उनको भनाइ छ।