पूर्व मिस स्विट्जरल्यान्ड बीट्रिसले ट्रम्पमाथि लगाइन् बलात्कारको आरोप
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डले जबर्जस्ती करणी (बलात्कार) को गम्भीर आरोप लगाएकी छन्। अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याट सांसदहरूले सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनमा पूर्व मोडल तथा मिस स्विट्जरल्यान्डकी प्रतिस्पर्धी बीट्रिस कुलले ट्रम्पमाथि उक्त आरोप लगाएको दाबी गरिएको छ।