SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी दुई सातादेखि कालै : बाढी आएको १७ दिनमा पनि सङ्ग्लिएन बुढीगण्डकीको पानी

गोरखा : बुढीगण्डकीमा विनाशकारी बाढी आएको १७ दिन बित्यो, अझै कालो पानी बग्न छाडेको छैन। बाढीका बेला बगेको कालो लेदो अहिले पनि बग्न नछाडेकाले बुढीगण्डकी अहिले पनि कालै रङमा देखिने गरेको हो।बर्खाका दुई महिनाबाहेक प्रायः सधैं सङ्लो र नीलो देखिने बुढीगण्डकी लामो समयदेखि कालै रङमा बगेपछि देख्नेहरू अचम्मित छन्।