SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यादवको राजीनामा

कपिलवस्तु : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले २०८३ साल कात्तिक ८ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।जनयुद्धकालदेखि नै परिवर्तन, समानता र जनताको अधिकारका लागि संघर्ष गर्दै पार्टीमा विभिन्न जिम्मेवारी निर्वाह गरेका यादव, प्रदेश सहसचिव हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए।