SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

बक्सअफिसमा ‘कबड्डी ५’ को दबदबा, पाँच दिनमा सात करोड पार

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रले प्रदर्शनको तीन दिनमै पाँच करोड रुपैयाँको आँकडा पार गरेको थियो। उक्त अवधिमा सिनेमाले पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।