SHARE
अन्नपूर्ण · बुधबार १२ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

इजरायल चुनाव: एक्जिट पोलमा नेतान्याहु र आइजेनकोटबीच कडा प्रतिस्पर्धा

काठमाडौं : इजरायलमा सम्पन्न संसद् (नेसेट) निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार भएको यो मतदान सन् १९९९ यताकै सबैभन्दा उच्च हो।निर्वाचनमा व्यापक जनसहभागिता रहे पनि एक्जिट पोल (मतदानोत्तर सर्वेक्षण) हरूका अनुसार कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखिएको छैन।