चट्याङ लागेर खोटाङमा तीनजना गम्भीर घाइते  

काठमाडौँ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ मा चट्याङले तीन जना गम्भीर घाइते भएका छन्।

ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको छोरा २१ वर्षीय डेनिस भुजेल र दुर्गानाथ भुजेलकी  छोरी छ वर्षीया अनिशा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी छोरी १५ वर्षीया समीक्षा दर्जी घाइते भएका हुन् । 

चट्याङले गम्भीर घाइते भइ बेहोश बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पुर्‍याएको प्रहरीले जनाएको छ ।

तीनैजनाको उपचार  प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए।