आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी

काठमाडौँ - नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा कायम गरेकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४४ रुपैयाँ र बिक्री दर ८५.८३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा कायम गरिएकाे छ।