भोजपुरमा बाढीले बगाउँदा दुइ जना बेपत्ता 

काठमाडौँ - भोजपुरमा २ जनालाई बाढीले बगाएको छ । सिल्पा सिलिचो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले बगाउँदा इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदार बेपत्ता भएका छन् ।

भोजपुर प्रहरीका अनुसार राति १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएका छन् । उनीहरूको खोजीका लागि घटनास्थलमा प्रहरीको टोली जाँदै छ । हराएका मजदुरको पहिचान खुल्न सकेको छैन ।