१३ वर्षिय बालिकामाथि सामूहिक बलात्कार, तीनजना पक्राउ

काठमाडौँ । रुकुममा १३ वर्षिय बालिकामाथि सामूहिक बालत्कारको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाईले १३ बर्षिय बालिकालाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमको अनुसार उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खुल्नमा आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।