केरला बाढीपहिरोमा परी १३० जनाको मृत्यु, दुई दिन राजकीय शोकको घोषणा

काठमाण्डौँ- भारतको केरलामा भारी वर्षासँगैको बाढीपहिरोका कारण अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने २२० जना बेपत्ता छन् । 
सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफ उद्धारका लागि खटाइएको छ । केरला सरकारले राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरेको छ ।

राति उद्धार तथा राहत कार्य रोकिएको थियो । अहिले बिहान ७ बजेदेखि फेरि काम शुरू गर्ने पहिरो प्रभावित क्षेत्र  वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

मौसम विभागले बुधबार राज्यका ८ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको छ। यहाँका सबै विद्यालय बन्द रहनेछन् ।
१४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।