६० केजी सुन प्रकरणमा मुछिएका काभ्रेका थर्कमान लामा पक्राउ

काठमाडौँ । ब्रेक सुमार्फत ल्याइएको ६० केजी सुनको तस्करीमा मुछिएका काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट सुनसहितको ब्रेक सु बरामद गरेको थियो ।

ब्युरोले त्यतिबेला अनुसन्धान सकेर अदालतमा मुद्दा दायर भएपनि सुन तस्करी जाँचबुझ आयोगले कमजोरी औँल्याउँदै पुन अनुसन्धान गर्न निर्देशन दिएको थियो । त्यहीक्रममा लामा पक्राउ परेको ब्युरो स्रोतले जानकारी दियो ।