भारतले भन्यो-'पहिले नेपालसहित दक्षिणपूर्व एसियाका देशहरु भारतको हिस्सा थियो'

काठमाडौँ - भारतले सन् १९४६ को आजादीपछि पहिलो पटक आफ्नै लगानीमा नयाँ संसद भवन निर्माण गरेर उद्घाटन गरेको छ । केहिदिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवन भित्र बनाइएको एक विवादास्पद भित्ते चित्रले चर्चा पाएको छ ।

‘अखण्ड भारत’को नक्सा भित्ते चित्रले कुनै बेला नेपालसहित दक्षिणपूर्व एसियाका देशहरु भारतमा रहेको दाबी गरेको छ । अर्थात चित्रले कुनै बेला नेपालसहित तिब्बत, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलंका, म्यानमार, भुटान, पाकिस्तान, बंगलादेश, इरान, अफगानिस्तान भारतको हिस्सा रहेको भन्न खोजेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।