पानीमा मोटरसाइकलसहित डुवेको अवस्थामा एक ब्यक्ति मृत भेटिए

दमक - झापाको दमकमा कल्भर्टमुनी जमेको पानीमा मोटरसाइकलसहित डुवेको अवस्थामा एक ब्यक्ति मृत भेटिएका छन् । दमक –२ स्थित भित्रीसडक डाकिनी छेउको कल्भर्टमुनी पानीमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित दमक वडा नं. ३ गोलाटारका ३९ बर्षीय दिपेन्द्र नेपाल आज मृत भेटिएको प्रहरीले जनाएको छ ।  

दमक चौकको गर्तौला भेट्स फर्मामा कार्यरत नेपाल राति नै दुर्घटनामा परेको हुनसक्ने बताइएको छ । प्र ०१–०१२प.४०२९ नम्बरको मोटरसाइकलसहित पानीमा डुबेको अवस्थामा मानिस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

मृतकका आफन्तले कुनै सवारी साधनको ठक्करले दुर्घटना भएको हुनसक्ने भन्दै घटनाको बिषयमा छानविन गर्न माग गरेका छन् । मोटरसाइकल अनियन्त्रित भएर आफै दुर्घटना भएको हो या दुर्घटना गराइएको हो भन्ने बिषयमा छानविन सुरु गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

मृतक नेपालको शरीरमा ठूलो चोटपटक नरहेको र मोटरसाइकलको पछाडिको भाग अलिकति कुच्चिएको अवस्था रहेको प्रहरीको भनाइ छ ।