१९ वर्षीया किशोरी बलात्कार आरोपमा ५६ वर्षीय कार्की पक्राउ

काठमाडौँ । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीमा परेको उजुरीका आधारमा दिङ्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।