इजरायली आक्रमण : गाजाका आधा संरचना ध्वस्त, ८० प्रतिशत सर्वसाधारण बिस्थापित 

एजेन्सी ।  गत अक्टोबर ७ देखि हमासविरुद्ध  इजरायलले गाजापट्टीमा गरेको आक्रमणबाट आधाभन्दा बढस् संरचना ध्वस्त भएको तथ्यांक सार्वजनिक भएको छ ।

जसका कारण लाखौं मानिस घरबारविहीन भएपछि पालमुनि जीवन गजार्न बाध्य छन् । गाजाका १७ लाख जनसंख्या रहेको गाजाका ८० प्रतिशत सर्वसाधारण बिस्थापित भइसकेका  बीबीसीले  जनाएको छ ।

बीबीसीको अनुसार गाजाभरिका आवासीय क्षेत्रहरु ध्वस्त हुनुका साथै बजार र सडकहरु भग्नावशेषमा परिणत भएका छन् ।  डिसेम्बरको शुरुदेखि दक्षिणी र मध्य गाजामा इजरायलले जारी राखेको बमबारीका कारण गाजाका  अधिकांश विश्वविद्यालयहरु भग्नावशेषमा परिणत हुनुका साथै आधाभन्दा बढी संरचनाहरु क्षतिग्रस्त भएको तथ्यांकमा उल्लेख छ ।

इजरायलले हमलाका लडाकुसंगै त्यहाँका पुर्वाधारहरुलाई पनि निशाना बनाएको पनि  अनुसन्धानले जनाएको छ ।