पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १९ सय १० कायम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २र२ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बृद्धि भएको छ।

अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य १९सय १० कायम भएको छ।