विकासको काममा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न अध्यक्ष ओलीको सुझाव

काठमाडौँ  । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काममा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न  सुझाव दिएका छन् ।

बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उ नले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए।

उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने  बताउँदै वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको आरोप  लगाए । 
उनले गठबन्धनका दलबाट देश बनाउने कुराभन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्रै बढी सुनिएको औल्याए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेको ओलीले बताए।

हिले गठबन्धनले क्षमता हरेर नभई गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाए। ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए।