सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधवार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधवार चाँदीको मूल्य स्थिर रहेर तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ ।