नक्कली शरणार्थी प्रकरणको जवाफी बहस जारी, खाणलाई थुनामुक्त गर्न माग

काठमाडौँ - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने माग गरिएको छ ।

उच्च अदालत पाटनमा जारी बहसमा खाणका वकिलहरूले उनलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल  थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणको तर्फबाट जवाफी बहस भर्खरै सकिएको छ ।

खाणका तर्फबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता खम्बहादुर खातीलगायतले बहस गरेका हुन् । उनीहरूले एकै स्वरमा खाणलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् । आज नै बहस सकाउने र सम्भवतः आजै फैसला गर्नेगरी अदालतमा बहस भईरहेको छ ।