आज सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघका अनुसार आज बुधबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो । 

महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।