अस्थिर मनलाई कसरी शान्त राख्ने ?

अस्थिर मन, अशान्त दिमाग यो मानिसका लागि सामान्य कुरा हो। अशान्त मनलाई शान्त पार्न मुस्किल त छैन तर यसका लागि केहि उपायहरुको भने सहि तरिकाले अपनाउनुपर्छ। जबसम्म मानिसले आफ्नो मनलाई शान्त गर्न सिक्दैन तबसम्म उसले जीवनमा अरू केही पनि कुरा राम्रोसँग सिक्न सक्दैन। अस्थिर र चन्चल दिमागका कारण धेरै पटक हामी ठूला निर्णय लिन सक्दैनौं र सानो कुरामा गल्ती गर्छौं। यी गल्तीहरूबाट बच्न र  मनलाई शान्त पार्न केहि उपायहरु निकै नै लाभदायक हुन सक्छन्। दुविधा हटाउन , मन र दिमागलाई शान्त राख्न केही उपायहरू अपनाउन सकिन्छ, जसको बारेमा हामी यहाँ बताउन गइरहेका छौं।

मन शान्त गर्ने उपाय

योगा गर्ने 

आफ्नो मनलाई शान्त पार्ने सबैभन्दा राम्रो उपाय हो योगा गर्नु । योगा गर्नाले मन र दिमाग दुवै शान्त हुन्छ। योगको मुख्य फाइदा दिमागलाई शान्त पार्नु हो। योगको सहायताले थोरै समयमा मनलाई शान्त बनाउन सकिन्छ । केही प्रकारका योगहरु पनि छन्, जसको सहायताले मनलाई लामो समयसम्म शान्त राख्न सकिन्छ।

कुनै दृश्यमा ध्यान केन्द्रित गर्ने

कुनै दृश्यमा ध्यान केन्द्रित गर्दा मन शान्त हुन्छ। यो उपाय अलि ध्यान जस्तो लागे पनि यो ध्यानभन्दा फरक छ। कुनै पनि शब्द वा विचारहरू सोच्नुको सट्टा मनलाई शान्त र खुसी दिने दृश्यमा ध्यान केन्द्रित गर्दा फाइदा हुन्छ।  जस्तै - "तपाईं बिहान उठ्नुभयो र तपाईंले धेरै वर्षदेखि नभेटेको साथीलाई देखेर केहिछिनका लागि त खुसि हुनुभयो तर १० मिनेट जति कुनै आनन्द लाग्ने तस्बिर हेर्नुभयो भने तपाईको मन र शरीर शान्त हुन्छ। 

गहिरो सास लिने

मन शान्त राख्ने अर्को अचुक उपाय भनेको गहिरो सास लिनु हो। जब हामी हाम्रो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्छौं, हाम्रो मस्तिष्कबाट सकारात्मक रसायनहरू निस्कन्छ, जसले दिमागलाई नियन्त्रण गर्न र दिमागलाई खुसी राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। दिमागलाई शान्त राख्न नियमित रूपमा पाँच पटक गहिरो सास लिनुपर्छ र केही समयपछि श्वास छोड्नुपर्छ। गहिरो सास लिँदा फोक्सोमा केन्द्रित हुनुपर्छ। यसले मन र मस्तिष्कमा भावनात्मक विचारहरू ल्याउँदैन, र तत्काल शान्ति र राहत ल्याउने काम गर्छ।

सकारात्मक सोच्ने 

जब तपाई नकारात्मक कुरालाई पनि सकारात्मक तरिकाले सोच्न थाल्नुहुन्छ तब त्यसको नतिजा पनि राम्रो आउँछ। एउटा भनाइ छ नि 'तिमी जे सोच्छौ त्यही बन्छौ', यसको मतलब यदि तपाई सकारात्मक सोच्नुहुन्छ भने तपाई सकारात्मक बन्नुहुन्छ तर यदि तपाई नकारात्मक सोच्नुहुन्छ भने तपाई त्यही बन्नुहुन्छ।

सकारात्मक सोचले मात्र हामीले संसारको बदलाभाव देख्न सक्छौ। दैनिक जीवनमा आफ्नो विचारप्रति मात्र सकारात्मक रहियो भने जीवनमा अकल्पनीय परिवर्तनहरू देखिनेछन्।

संगीत सुन्ने 

'मेडिटेसन म्युजिक' यस्तो संगीत हो जसमा चन्चल दिमागलाई शान्त गर्ने शक्ति हुन्छ। यसका साथै यसले दिमागलाई तनावमुक्त पनि बनाउँछ। हामीले संगीत बुझ्दा र भित्रबाट महसुस गर्दा मानसिक सन्तुष्टि प्राप्त हुन्छ। कोही महामानवले भनेका छन्, "भगवानसम्म पुग्ने माध्यम नै संगीत हो"। हामीले आफ्नो नकारात्मक विचारहरू पछाडि नछोड्दासम्म संगीतमा ध्यान दिनुपर्छ । दिमाग शान्त र स्थिर राख्न संगीतले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ।