भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको प्रचण्डको दाबी

काठमाडौँ ।काठमाडौँ । पूर्व प्रधानमन्त्री एवंम् (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए ।

उनले पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै प्रचण्डले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताए । पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको  जिकिर गरे ।