राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै, अध्यक्ष लिङदेनले उद्‌घाटन गर्ने

काठमाण्डौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको धुम्बाराहीमा बिहान बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीले लिएका नीतिहरूबारे सल्लाकारहरूले आफ्नो धारण दिनेछन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । ३४ वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो, उनले भने ।