आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३१ पैसा र बिक्री दर १६७ रूपैयाँ ०७ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९३ रुपैयाँ र बिक्री दर ८५.३१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८.९९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ३ पैसा भाउ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसा कायम भएको छ । यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ र बिक्री दर ३५.३६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँमा खरिदबिक्री गर्ने अनुमति दिएको छ। साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.१३ पैसा विक्रीदर ४३०.८ पैसामा कारोबार हुनेछ ।