भारतको केरलामा पहिरोमा परि नेपालीसहित ४५ जनाको मृत्यु, ५० जना घाइते

एजेन्सी । भारतको केरलामा मंगलबार गएको पहिरोमा परि एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।

वायनाड जिल्लामा निरन्तर परेको वर्षासँगै आएको पहिरोमा परेर ५० जना घाइते भएका छन् भने सयौँ मानिस पहिरोमा फसेको हुन सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पहिरोमा परेका मध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारको बच्चा हुन् ।  पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्‍याएको छ ।

केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग गरेर पीडितलाई एयरलिफ्ट गरिएको जनाएका छन् ।