कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको बिश्वासको मतको टुङ्गो आज लाग्ने 

विराटनगर - ३० मिनेटका लागि स्थगित भएर पुनः ८ बजे बस्ने भनिएको कोशी प्रदेशको प्रदेश सभा बैठक आज बिहान ११ बजे बस्दैछ । बैठक स्थगित भएको सूचना प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना पाटीमा टाँसेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले आफूलाई विश्वासको मत मागिसकेका छन् । उक्त निर्णय आज हुनेछ ।