बजेटले निराश बनेका शिक्षक फेरि सडकमा, कडा आन्दोलन गर्ने चेतावनी  

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आव २०८१/८२ को बजेटले निराश तुल्याएको बताएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक,कर्मचारी र विद्यार्थीलाई समेट्ने गरी बजेट नआएको  बताउँदै कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

‘१५ गते प्रस्तुत भएको बजेटले आम शिक्षक,कर्मचारी विद्यार्थीलाई निराश तुल्याएको छ, यसअघि भएका सम्झौता यो बजेटमा समावेश हुन्छ भन्ने थियो,तर भएन,इसिडी शिक्षक र कर्मचारीको पारिश्रमिक थाहा नभएको जस्तो गर्‍यो,विद्यार्थीहरूकै सेवासुविधा बढेन, राष्ट्रपति शैक्षिक सुधारको बजेट नाम मात्रैको छ,’उनले भने।

उनले कसरी आन्दोलनको मोडल तयार पार्ने भन्नेमा छिटो नै बैठक बसेर घोषणा गर्ने बताए।

गत असोजमा विभिन्न माग राख्दै काठमाडौँमा विद्यालय नै बन्द गरेर देशभरका शिक्षकहरूले शक्ति प्रदर्शन गरेका थिए।